मन्त्रिपरिषद् बैठक बस्दै,संघीय निजामती सेवा विधेयक संसदमा पठाइने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । आज अपराह्न बस्ने बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना छ ।

यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने बताएका थिए ।

विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ ।

यसअघि पनि संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भए पनि पछि फिर्ता भएको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->