कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको मिति परिर्वत (सुचना सहित)

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति संशोधन भएको छ ।

यसअघि आउँदो असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षाको मिति संशोधन गरेर असोज ९ र १० गते तय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले आज सूचना जारी गरी परीक्षा तालिका संशोधन गरिएको जानकारी दिएको हो ।

असोज ९ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय र दुई विषयमा परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बरको विषयको परीक्षा हुने छ ।

तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डको सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->