काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन,सभागृहमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिका- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

पाँच दिनअघि उनी अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् । महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->