काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानसँग ४-१ ले पराजित भएपछि जर्मनीका प्रशिक्षक हान्सी फ्लिक दबाबमा परेका छन् ।
जर्मनीको मैदान वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन एरेनामा भएको खेलमा जापानले जर्मनीमाथि सानदार जित निकालेको हो ।
खेलको ११ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए पनि बायर्न म्युनिखका फरवार्ड लेरोय सानेले १९औं मिनेटमै बराबरी गोल फर्काए ।
इटोकै पासमा २२औं मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २(१ को अग्रता दिलाए ।
