मन्त्री  लामा नै सुन तस्करी गर्ने गिरोहमा जोडिए, पोल खुलेपछि तरुण दलका नेता फरार

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भइरहेको सुन तस्करीको प्रारम्भिक अनुसन्धानमा बाग्मती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री तीर्थ लामाको संलग्नता खुल्ने आधार भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले विमानस्थल बाहिरबाट भदौ २५ गते बाबुलाल दोङ सहित बाट बरामद गरेको मलद्वारमा लुकाइ ल्याएको सुन प्रकरणमा काभ्रे कांग्रेसका सभापतिसमेत रहेका तीर्थ लामाको कनेक्सन देखिएको हो ।

मन्त्री लामाको विशेष सहयोगी मानिने विकास लामाले विगतमा दुबई बसेकै बेलादेखि सुन तस्करीको काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनलाई कांग्रेसबाट समानुपातिक उम्मेदवार बनाउनसमेत जिल्ला सभापति तीर्थ लामाले सिफारिस गरेका थिए ।

पछिल्लो पटक बरामद भएको १ किलो सुन प्रकरणमा हालसम्म प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका( ३ घर भई पनौती नगरपालिका( ५ बस्ने बालुलाल दोङ, रोशी गाउँपलिका( ३ घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका( ३ सानो पोखराका मिङ्मा दोर्जे स्याङतानलाई पक्राउ गरेको छ ।

सोही गिरोहमा संलग्नता खुलेका तरुण दलका केन्द्रीय सदस्य विकास लामा भने प्रहरीले खोजेपछि फरार भएका छन् । कांग्रेस जिल्ला सभापति तथा प्रदेशमन्त्री तीर्थ लामाका निकट सहयोगी विकास कांग्रेसको बाग्मती प्रदेश प्रचार तथा प्रसार विभागमा समेत मनोनीत भएका थिए ।

यसअघि यही गिरोहले पटकपटक ठूलो मात्रामा सुन तस्करी गर्ने गरेको अनुसन्धानमा खुलेको छ । विकास विगतमा पनि आपराधिक काममा संलग्न रहेर जेल बसेपछि छुटेका व्यक्ति हुन् । पक्राउ परेकाहरुले सुन तस्करीमा विकास लामाको नाम पोलेपछि तीर्थको समेत संलग्नता खुल्ने भएकाले काभ्रे कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

पक्राउ परेकामध्ये एकजना बाबुलाल दोङ माओवादी केन्द्रका सांसद सूर्यमान दोङ निकट रहेको बताइएको छ । अभियुक्तबाट बरामद भएको क्रेटा गाडीबाट मन्त्री तीर्थ लामाले काटेको चेकसमेत भेटिएपछि उनको भने संलग्नता देखिएको बताइएको छ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा काभ्रेको महाभारत गाउँपालिका गोकुलेस्थित विकास योञ्जन ९लामा०को व्यवसायिक साझेदारका रुपमा मन्त्री तीर्थ र भुम्लु गाउँपालिकाका उपाध्यक्ष जीतेन्द्रमान तामाङसमेत देखिएका छन् । जीतेन्द्र पनि नेपाली कांग्रेसका नेता हुन् ।

एक प्रहरी अधिकारीले भने, ‘विकास लामाको गिरोहले पटक पटक सुन तस्करी गरेको पाइयो । उनीहरुको सीधै कनेक्सन तीर्थ लामामार्फत भएको देखिन्छ ।

विकाससँग तीर्थको राजनीतिक निकटतामात्र नभएर व्यवसायिक र करोडौंको आर्थिक कारोबारसमेत पुष्टि हुने आधारहरु भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको बाग्मती प्रदेश ०१ २७ च ९९६० नम्बरको क्रेटा गाडीबाट बरामद भएको चेक तीर्थ लामाको नाममा उनकै खाताबाट काटिएको छ ।

विकास र तीर्थको गिरोहले विगत दुई वर्षदेखि सुन तस्करी गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । लामाले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको आडमा धन्दा चलाएका थिए ।

पक्राउ परेका बाबुलालले सुरुमा सुन आफ्नो रहेको बताए पनि विकास र तीर्थका लागि बोक्ने गरेको खुल्दैछ । यो गिरोहले मासिक १० किलोसम्म सुन विमानस्थलबाट सेटिङमै बाहिर निकाल्ने गरेको पाइएको छ ।

तीर्थ र विकास तथा पक्राउ परेका तीन जना भरियाको खातामा प्रारम्भिक अनुसन्धानबाट पनि वार्षिक ५० करोडभन्दा धेरै कारोवार हुने गरेको देखाएको छ ।

पटक–पटक अपहरण, लुटपाट र चोरीमा पक्राउ परी सजाय भोगेका विकासको अस्वाभाविक आर्थिक अवस्था रहेको कांग्रेस नेताहरु बताउँछन् । काभ्रे, मकवानपुर तथा विभिन्न जिल्लामा भएका अपराधमा उनी संलग्न रहेको र अपराधको रेकर्ड निकालेर हेर्ने काम भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->