क्रिस्टियानो रोनाल्डो र मेसी  यस पटक च्याम्पियन्स लिगमा नहुने

काठमाडौं । मंगलबारदेखि  युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन सुरु हुँदैछ ।

तर पछिल्लो दशक विश्व फुटबलमा राज गरेका दुई सुपर स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो यस पटक च्याम्पियन्स लिगमा हुने छैनन् ।

गतसिजन पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको म्यानचेष्टर सिटीसहित इंग्लिस प्रिमियर लिग खेल्ने आर्सनल, म्यानचेष्टर युनाइटेड र न्युकासलले यस सिजन च्याम्पियन्स लिग खेल्दैछन् ।

न्युकासल २० वर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको हो । म्यानचेष्टर सिटी उपाधि रक्षा गर्ने अभियानमा छ ।

न्युकासल रहेको समूह एफ ग्रुप अफ द डेथको रुपमा छ । यस समूहमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी), इटालियन महारथी एसी मिलान र च्याम्पियन्स लिगका पूर्व विजेता बोरुसिया डर्टमण्ड छन् ।

साविक विजेता सिटीका लागि भने समूह चरण केही सहज देखिएको छ । सिटीले समूह जी मा आरबी लाइपजिग, रेड स्टार बेलग्रेड र योङ ब्वाइजसँग खेल्नेछ ।

ष्ट प्रदर्शन गर्ने देशको क्लबलाई दिइनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->