हान्झाउमा भईरहेको एसियन गेम्समा  नेपालले आज एसियाकै बलियो टोली इरानसँग खेल्दै

काठमाडौं । मंगलबार चीनको हान्झाउमा सुरु भएको पुरुष भलिबलमा नेपालले आज एसियाकै बलियो टोली इरानसँग खेल्दैछ ।

१९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत पछिल्लो दुई संस्करणको एसियाडमा स्वर्ण जितेको इरानसँग खेल्नु नेपालको लागि ठूलो अवसर हुनेछ ।समूह बी अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बहराइनविरुद्ध पहिलो सेट जितेपनि त्यसपछि लय कायम राख्न नसक्दा नेपाल ३(१ को सेटमा पराजित भएको थियो ।

पहिलो खेलमा पराजित भएको नेपालका लागि समूह चरण पार गर्न कठिन देखिन्छ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

यसपटक पुरुष भलिबलमा वरीयता छुट्याउनका लागि कुनै खेल नहुने भएकोले समूह चरणबाट बाहिरिने टोलीहरु सीधै घर फर्कनेछ ।

सहभागी १९ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

१९औं एसियाडको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २३ देखि सुरु हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल मंगलबारदेखि नै सुरु भइसकेका छन् ।

नेपालले भलिबलमा पुरुष र महिला दुवैमा सहभागिता जनाउनेछ भने फुटबलमा महिला र क्रिकेटमा पुरुष टोली मात्र सहभागी हुनेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->