काठमाडौं । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ ।
शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।
राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएको उनले बताए ।
डीएसपी थापाका अनुसार बजारका ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
