नेपालको क्रिकेटमा कीर्तिमानी जितसहित सुखद सुरुआत

हान्झाउ । बुधबार कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सन्तोषजनक ब्याटिङ गरेपछि चीनको हान्झाउमा जारी १९औं एसियाडमा नेपालले क्रिकेटमा कीर्तिमानी जितसहित सुखद सुरुआत गरेको छ ।

समूह ‘ए’अन्तर्गत जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

यस खेलमा नेपालले टिमतर्फ सर्वाधिक स्कोर र फराकिलो जित अनि व्यक्तिगततर्फ सबैभन्दा छिटो शतक र सबैभन्दा छिटो अर्धशतकलगायतको कीर्तिमान बनाएको छ ।

यसअघि चेक रिपब्लिकले टर्कीलाई २५७ रनले पराजित गरेको थियो । नेपालले दिएको ३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३।१ ओभरमा ४१ रनमै अलआउट भयो ।

टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा यसै खेलबाट डेब्यु गरेको मंगोलियाका लागि दाभासुरेन जमयानसुरेनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङमा करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले दुईरदुई तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक एक विकेट लिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->