काठमाडौं । आइतबार प्रहरीले अभिनेता अनमोल केसीलाई हिरासत मुक्त गर्ने तयारी गरेको छ । उनलाई छाड्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।
राति नै जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले छाड्न लागेको ती प्रहरी अधिकारीले बताए । उनका अनुसार कुनै अभियुक्तलाई हिरासतमा राख्नुपर्ने तीनवटा कारण हुन्छन् ।
प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभभावकको जिम्मा लगाउने तयारी छ । फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् ।
प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए ।
