कोशी एमालेको अधिवेशन सकियो, मतगणना आज हुने

विराटनगर । कोशी प्रदेशको नेकपा एमाले अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि रातभरि मतदान भएको छ । मतगणना  दिउँसोदेखि सुरु गर्ने तयारी छ ।

निर्वाचन अधिकृतको कार्यालयले  राति साढे १० बजेदेखि मतदान सुरु गरेको थियो । आज बिहान साढे ५ बजे मतदान सकिएको मतदान केन्द्र व्यवस्थापन स्वयंसेवक प्रमुख रोहित कोइरालाले बताए ।

आइतबार दिउँसो १ बजेबाट सुरु गर्ने भनेको मतदानको समय तयारी नपुगेको भन्दै पटक–पटक समय सारेर आइतबार राति साढे १० बजेबाट मात्र सुरु गरिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९७७ जनाले मतदान गरेका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा ९९७ जना प्रतिनिधि आएका थिए । २० जनाले मतदान गरेनन् । मतगणना आज दिउँसो १ बजेबाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।

अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->