काठमाडौं । खाद्यान्न उत्पादकहरूले दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि केही खाद्यान्नको मूल्य घटाएका छन् ।
पछिल्लो दुई साताको अवधिमा प्रमुख खाद्यान्नहरू चामल, खानेतेल, चिउरा र मैदा तथा आँटाको मूल्य घटेको होलसेल व्यापारीले दावी गरेका छन् ।
होलसेलमा खाद्यान्नको मूल्य घटे पनि उपभोक्तालाई जानकारी नहुँदा खुद्रा मूल्य महँगो भएको हुनसक्ने नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ ।
चिनी, गेडागुडी र दलहन बाहेकका खाद्य वस्तुमा मूल्य ओरालो लागेको संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए ।
‘चामल, तेल, आँटा पीठो लगायतको खाद्यान्नको मूल्य होलसेलमा घटेको छ । यस वर्ष खासै ठूलो कारोबार पनि छैन।

