भारती मानन्धर कैद मिनाहा विरुद्ध रिले अनशन बस्ने

काठमाडौं । भारती मानन्धर आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध रिले अनशन बस्ने भएकी छन् ।

रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । चेतनकी श्रीमती भारतीले राष्ट्रपतिको निर्णय विरुद्ध भोलि बुधबारदेखि माइतीघरमण्डलमा रिले अनशन सुरु गर्ने बताइन् ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->