काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा भएको आतंकवादी आक्रमणम परी नेपाली नागरिकको मृत्युुप्रति दुःख व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको घटनामा १० नेपाली नागरिकको मृत्युुप्रति दुख व्यक्त गरेका हुन् ।
पत्रमा राजदूत श्रीवास्तवले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् ।
उनले यस दुखद घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश दिएका छन् ।
