सामूहिक हत्याको घटनामा संलग्नको आरोपमा सञ्जय भण्डारीलाई थुनामा राख्न आदेश

 काठमाडौं । जिल्ला अदालत काठमाडौंले सञ्जय भण्डारीलाई तीनकुनेमा चार जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याको घटनामा संलग्न भएको आरोपमा  थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश दीनबन्धु बरालको इजलासले भण्डारीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भनी आदेश गरेको हो ।

गत २९ भदौंमा तीनकुनेस्थित चार जनाको फर्निचर गोदाममा  हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबीसे–९ का भण्डारी विरुद्ध मुद्दा दायर गरेको थियो ।

घटनामा संलग्नता देखिने पर्याप्त आधार भएको भन्दै न्यायाधीश बरालले भण्डारीलाई थुनामा पठाउन आदेश गरेको, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

उनले विशाल राईसँग आफ्नो प्रतिशोध रहेकाले उनलाई खुकुरी प्रहार गरेको स्विकारेका थिए । त्यसक्रममा खुकुरी प्रहार भएको देखेका भुजेल परिवारका ३ जनालाई पनि आक्रमण गरेका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->