लाग्यो, विश्वकप नै जित्यौं

काठमाडौं । एकदिवसीय क्रिकेटमा लगातार सात हारपछि अफगानिस्तानले पाकिस्तानलाई हराएको छ, त्यो पनि विश्वकप क्रिकेटमा ।

सोमबार भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले अब्दुल्ला शफीकीको अर्धशतक र कप्तान बाबर आजमको सर्वाधिक ७४ रनको मद्दतमा २८२ रन बनाएको थियो ।

तर अफगानिस्तानका इब्राहिम जादरान र रमानुल्लाह गुर्बाजले पहिलो विकेटका लागि १३० रनको साझेदारी गर्दै जितको आधार तयार पारे, जसलाई रहमत शाह र कप्तान हशमतुल्लाह शाहिदीले सहजै पुरा गरे । प्लेयर अफ दि म्याच इब्राहिमले ८७ रन बनाए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->