काठमाडौं महानगरपालिकाको योजनामा विभिन्न वडामा एक हजार कुकुरको बन्ध्याकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारसम्म एक हजार कुकुरको बन्ध्याकरण गरेको छ । महानगरपालिकाले असोजदेखि कुकुरको बन्ध्याकरण सुरु गरेको थियो । जसमा एक हजार कुकुरको बन्ध्याकरण गरेको हो ।

कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने भन्दै पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा बन्ध्याकरण सुरु गरेको थियो ।

तर, बिरोलोलाई पहिलो चरणमा बन्ध्याकरण नगरेपनि कुकुरहरुलाई बन्ध्याकरण गरिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा। अवधेशकुमार झाले जानकारी दिए ।

‘तीन महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य थियो ।

महानगरपालिकाले छनोट गरेको संघ संस्थालाई बन्ध्याकरण गर्दा प्रतिकुकुर २ हजार ५ सय रुपैयाँ महानगरले दिने गरेको छ । खोप मात्र लगाएकोमा २ सय रुपैयाँ दिने गरेको छ ।

बन्ध्याकरणपछि केही समय आराम गराएर कुकुरलाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिने झाले बताएका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->