टी-२० विश्वकप छनोटअन्तर्गत आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौं। टी-२० विश्वकप छनोटअन्तर्गत आज घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ।

कीर्तिपुर क्रिकेट मैदानमा दिउँसो साढे १ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको प्रयासमा हुने छ।

यसअघि नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया भने पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।

मंगलबारको खेल जितेमा नेपाल सेमिफाइनल नजिक पुग्ने छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->