राष्ट्रपतिबाट आममाफी पाएका व्यक्ति पुन: प्रहरीद्धारा पक्राउ

राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा चितवन प्रहरीद्धारा पक्राउ

चितवन । गणतन्त्र दिवसका अवसरमा गत जेठ १४ गते राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एक जना व्यक्तिलाई अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको छ ।

९ वर्षको कैद सजाय पाएर जेलमा बसेका तर असल चालचलन भन्दै कैद सजाय छुट पाएर जेलबाट निस्केका भरतपुर महानगरपालिका वडा नं.९ का ५५ वर्षीय रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापामाथि २५ लाख रुपैयाँ नदिए भरतपुर महानगरपालिका(१ का सोमराज सुवेदी र उनका १३ वर्षीय छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ ।

सुवेदीले भरतपुर १ मा धनवन्तरी मेडिकल सञ्चालन गर्दै आएका छन् । थापाले सुवेदीलाई फोन गरेर २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीको भनाइ छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->