काठमाडौं । प्रख्यात कलाका,रहास्यव्यङ्ग्यकार मनोज गजुरेलको पहिलो वैवाहिक सम्बन्ध औपचारिकरुपमा टुटेको ६ वर्ष बितिसक्यो । तर, पूर्वपत्नी मिनाले अहिले पनि उनलाई विभिन्न तरिकाले हैरानी दिन छोडेकी छैनन् ।
कहिले टिकटकबाट त कहिले युट्युबरहरु जम्मा गरेर मिनाले पूर्वश्रीमानमाथि अनेकन् आक्षेपहरू लगाउने गर्छिन् । यसले मनोजलाई मात्र नभएर उनका छोराछोरीलाई समेत मानसिक रूपमा असर गरेको छ । यद्यपि, न त मनोजले न छोरा र छोरीले मिनालाई कुनै जवाफ फर्काएका छन् ।
तर, हरेक ‘अति’ को एउटा सीमा हुन्छ । सीमा नाघेपछि ढुंगा पनि बोल्न बाध्य हुन्छ भनेझैँ मनोजका छोरा मिराजले अन्ततः आमाविरुद्ध मुख खोलेका छन् । तर, मिनाले जस्तो युट्युबर भेला गरेर होइन, सिर्जनात्मक तरिकाले । उनले आमालाई खुलापत्र भन्दै एउटा र्याप सार्वजनिक गरेका छन् । यो र्याप उनको वास्तविक जीवनमा आधारित छ । आमाबाट सानैदेखि व्यहोरेका सास्ती र हैरानीहरू उनले निकै मार्मिक रूपमा वर्णन गरेका छन् । उनको आक्रोश आमालाई उचाल्ने र स्पेस दिने युट्युबरहरुमाथि पनि छ ।
मनोज र मिनाको डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने गरी सहमति भएको थियो । मिनाले पूर्वपतिबाट आधा अंशका साथै छोरीको लालनपालन खर्चसमेत लिएकी थिइन् । तर छोरी आमासँग लामो समय टिक्न सकिनन् । आमालाई छोडेर उनी बुवासँगै बसिरहेकी छन् । मिनाले चाहिँ मनोजले षडयन्त्र गरेर छोरा र छोरी दुवैलाई आफूबाट टाढा गरेको आरोप लगाउँदै आएकी छन् ।
तर, मिराजको यो र्यापले धेरै कुरा छर्लङ्ग गरेको छ । उनले छोराछोरीलाई कसरी हुर्काएकी थिइन् र मनोजलाई कति दुख दिएकी थिइन् भन्ने मिराजको र्यापले उजागर गरिदिएको छ ।
