काठमाडौं । भूकम्पको केन्द्रविन्दु जाजरकोटको नलगाड नगरपालिकास्थित दल्ली नगर अस्पतालमा घाइतेको उपचारमा समस्या भएको छ ।
नगरपालिका जनस्वास्थ्य निरीक्षक तप्त चुनाराले सीमित स्रोत साधनबाट उपचारमा कठिन भएको बताए ।
हाल उक्त अस्पतालमा ५० भन्दा धेरै घाइतेको उपपचार भइरहेको छ । उनका अनुसार गम्भीर घाइते भएका आठ जनालाई हेलिकप्टरबाट कर्णार्ली प्रादेशिक अस्पताल, सुर्खेतमा पठाइएको छ ।
‘१५ शय्याको अस्पतालमा अहिले ५० जनाभन्दा बढी राखेर उपचार भइरहेको छ । बिरामी राख्ने ठाँउ छैन’, उनले भने, ‘घाइते बिरामीलाई भुइँङ्गा राखेर उपचार गराइरहेका छौं ।’
अस्पताल ल्याउँदै गर्दा मृत्यु भएका ६ जनाको शव पनि सोही अस्पतालमा राखिएको छ ।
