चिकित्सक र सरोकारवालालाई अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न अपिल

काठमाडौं ।मंगलबार साँझ जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सक र सरोकारवालालाई अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न अपिल गरेको छ ।

परिसरका प्रवक्ता एसपी नवराज कार्कीले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य विवरण संकलन गरी थप अनुसन्धानको काम भइरहेको जनाएका छन् ।

शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा उपचाररत ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुंगाकी ९० वर्षीय जनमाया राईको सुई दिएको पाँच मिनेटमा मृत्यु भएको थियो ।

मृतकका आफन्तले उपचारमा लापरवाही भएको भन्दै चिकित्सकमाथि हातपात गरेका थिए । त्यसपछि चिकित्सकले सुरक्षा प्रत्याभूति नभएको भन्दै प्रचलित कानून बमोजिम आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग राखेका छन् । मंगलबारदेखि चिकित्सकले अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प पारेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->