काठमाडौं । नेपाल संवत् ११४४ सुरु भएको छ ।आज देशभर विविध कार्यक्रम आयोजना गरेर नेपाल संवतको नयाँ वर्ष मनाइँदैछ ।
खासगरी नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं उपत्यका लगायत देशैभर हर्षउल्लासका साथ नेवार समुदायले नयाँ वर्ष मनाइरहेका छन् ।
काठमाडौंको बसन्तपुरमा विभिन्न संघसंस्थाको आयोजनामा नेपाल संवत ११४४ को अवसरमा झाँकीसहित विशेष कार्यक्रमम गरी मनाइएको छ । यसबाहेक यहाँका टोलटोलमा समेत कार्यक्रम गरेर मनाइएको छ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।
नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।
