राष्ट्रिय निकुञ्ज चितवनमा तस्करले मारे २ गैंडा

चितवन । तिहारको सम्मुख पारेर गैंडा तस्करले चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मारेका छन् ।

स्रोतका अनुसार गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरको चप्परखोरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए ।

तस्करले दुईवटा अलग–अलग खाल्डोको धराप पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिकव्य्क्तिहरूले ठूलो योजना बनाएर गैंडा मार्न सफल भएको बताए ।

गैंडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो । गैंडालाई धरापमा पार्न खाल्डो खनिन्जेल निकुञ्जको सुरक्षागस्ती नहुनु तथा सूचनासमेत नपाउनु निकुञ्ज प्रशासनको लापरवाही भएको एक संरक्षण अधिकृतले बताए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->