काठमाडौं । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएई विरुद्ध बिहीबार राति पराजित हुँदा दुई हाफमा दुई फरक खेल खेल्यो ।
दुबईको अल माक्तोन स्टेडियममा भएको खेलमा नेपाल विश्वकप खेलिसकेको टिम यूएईसँग ४(० ले पराजित भयो । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको समूह चरणमा पुगेको नेपालको यो पहिलो खेल हो ।
फिफा वरियतामा नेपाल भन्दा युएई एक सय चार स्थान माथि छ । युएई ६९औं र नेपाल १७३औं स्थानमा छन् ।
