विश्वकप क्रिकेटको फाइनल भव्य हुने, करिब ५ सय कलाकारले नित्य प्रदर्शन गर्ने तयारी

भारतमा जारी पुरुष विश्वकप क्रिकेट २०२३ अन्तर्गत आयोजक भारत र अष्ट्रेलियाबिचको फाइनल खेलको आयोजना अहिलेसम्मकै भव्य हुने भएको छ ।

आइतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा मध्यान्न १२ः४५ बजेबाट सुरु हुने क्रिकेट विश्वकपको खेल उद्घाटन इन्डियन एयरफोर्सले आफ्नो प्रस्तुति दिने  तयारी छ। फाइनलको उद्घाटन समारोहमा गायक तथा सङ्गीतकार प्रितमको पनि प्रस्तुति रहनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदी आफै उपस्थित रहने प्रतियोगिताको फाइनल खेल अघि हुने समारोहमा पहिलो विश्व विजेता कप्तानलाई सम्मान गर्नेछन् भने बीसीसीआईले हालसम्म क्रिकेट विश्वकप जित्ने सबै कप्तानलाई सम्मान गर्नेछ ।

सम्मानको क्रममा प्रितमको लाइभ पर्फमेन्सको साथै करिब ५ सय कलाकारले नित्य प्रदर्शन गर्नेछन् र उनीहरूले जितेको पललाई रिल बनाएर २० सेकेन्ड ठुलो पर्दामा देखाइने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->