विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको छ ।

इजरायलको किब्बुज अलुमिम हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ ।

उनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र जोखी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->