नेपाल र यमनबीचको खेल सकिएपछि दर्शकलाई घर पुर्‍याउन १५ वटा बस व्यवस्था

काठमाडौं ।मंगलबार विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत दशरथ रंगशालामा हुने खेल हेर्न आउने दर्शकलाई घर पुर्‍याउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ वटा बस व्यवस्था गरेको छ ।

एन्फाका खेल निर्देशक सञ्जीव मिश्रका अनुसार दशरथ रंगशालामा मंगलबार साँझ ७ बजेदेखि हुने नेपाल र यमनबीचको खेल सकिएपछि दर्शकलाई घर पुर्‍याउन विभिन्न रुटमा १५ वटा बस व्यवस्था गरिएको हो । ‘हामीले विभिन्न रुटका १५ वटा बस भाडामा लिएका छौं । जसले दर्शकलाई खेलपछि घर फर्कन सहयोग हुनेछ ।’

बस चढेर घर फर्किन दर्शकले टिकटको अर्धकट्टी देखाउनुपर्नेछ ।

त्रिपुरेश्वरबाट चक्रपथ हुँदै नारयणथानसम्म,त्रिपुरेश्वरबाट भक्तपुर सूर्यविनायकसम्म
त्रिपुरेश्वरबाट बौद्ध, जोरपाटीसम्म,त्रिपुरेश्वरबाट कलंकी, सतुगंलसम्म र सोही गाडीले स्वयम्भूसम्म
त्रिपुरेश्वरबाट सोह्रखुट्टे, बालाजु हुँदै चक्रपथसम्म त्रिपुरेश्वरबाट बल्खु हुँदै कीर्तिपुरसम्म
त्रिपुरेश्वरबाट एकान्तकुना हुँदै भैंसेपाटीसम्म त्रिपुरेश्वरबाट लगनखेल हुँदै हात्तीवनसम्म
त्रिपुरेश्वरबाट सिनामंगलसम्म

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->