मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्न आग्रह

काठमाडौं । नेपाल प्रहरीले मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्न आग्रह गरेको छ । आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भूपेन्द्र खत्रीले बताए ।

उनले नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन आग्रह गरे । उनले यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताए ।

उनले मंसिर ७ गतेको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रुपमा अघि बढ्ने गरी योजना बनाइएको बताए ।

अत्यावश्येक सेवा सुचारु गर्न हाम्रा सबै शक्तिहरु परिचालन गरेका छौँ । काठमाडौंका ९० भन्दा बढी ठाउँमा हाम्रा मोबाइल, तयारी अवस्थामा रहनेछन् ।’

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->