स्कुलको बस दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु, ३९ जना घाइते

उदयपुर । शनिबार दिउँसो त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस  उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ । साथै, ७ वर्षे सन्ध्या चौधरी र ६ वर्षे विकास चौधरीको मृत्यु भएको छ ।

गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->