काठमाडौँ । शनिबार प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनगायक नेपाली क्रान्तिमा सांस्कृतिक योगदान, निष्ठा, त्याग र तपस्या स्मरणयोग्य रहेको बताएका छन् ।
पाख्रिनको छैटौँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सशस्त्र युद्धको समयमा पाख्रिनले भारत प्रवास कमिटीमा बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।
भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउन मुश्किल हुने भन्दै उनले भारतमा लाखौं नेपालीलाई पाख्रिनले संगठित गरेको बताए ।
