काठमाडौं । नेपाल सुपर लिग २०२३ मा धनगढी एफसीले वीरगञ्ज युनाइटेडको सामना गर्दैछ । दशरथ रंगशालामा बेलुका ५ः३० बजे हुने यस खेलसँग जोडिएका महत्त्वपूर्ण तथ्यांक यस प्रकार छन् ।
वीरगञ्ज युनाइटेडले प्रतियोगितामा डेब्यु गर्ने क्रममा सहभागिता जनाउने नवौं फ्रान्चाइज टिम बन्ने छ ।
यसपल्ट तीन टिमले पहिलो पल्ट सहभागिता जनाउँदैछ । त्यसमध्ये स्पोर्टिङ इलामले खेलिसकेको छ भने झापा एफसीले खेल्न बाँकी छ ।
यसपल्टको प्रतियोगिताको चौथो खेल हुनेछ । समग्रमा भने यो २९ औं खेल रहेको छ ।
