काठमाडौं । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको लाइसेन्स (अध्यापन अनुमति पत्र)परीक्षामा ८.६१ प्रतिशत परीक्षार्थी मात्रै पास भएका छन् ।
सार्वजनिक नतिजा अनुसार एक लाख ५१ हजार १२ जना सहभागी भएको परीक्षामा १३ हजार ७ जना मात्रै उतीर्ण भएका हुन् ।
बुधबार आयोगका अनुसार कोशी प्रदेशमा २४ हजार ३९ सहभागी भएकामा दुई हजार १३० ९८.८६ प्रतिशत०, मधेश प्रदेशमा २२ हजार ८५५ सहभागीमध्ये एक हजार ६१४ ९७.०६ प्रतिशत), बागमतीमा १७ हजार ६५१ सहभागी मध्ये दुई हजार दुई ९११.३४ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तैगरी गण्डकी प्रदेशमा ११ हजार ८९७ सहभागीमध्ये एक हजार १५२ ९९।६८ प्रतिशत०, लुम्बिनी प्रदेशमा २९ हजार २३० सहभागीमध्ये दुई हजार ८६३ ९९।७९ प्रतिशत०, कर्णाली प्रदेशमा २४ हजार १५४ सहभागी मध्ये एक हजार ५७४ ९६।५२ प्रतिशत० र सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ सहभागीमध्ये एक हजार ६७२ ९७।८९ प्रतिशत० उत्तीर्ण भएका छन् ।
