भुमिका श्रेष्ठ: समाजमा अझै यौनिक तथा अल्पसंख्यक समुदायका विषयमा बोलिदैन 

महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदाँ यौनिक तथा अल्पसंख्यक समुदायका मानव अधिकारका विषयमा एक बृहत कार्यक्रम गरीएको छ ।

कार्यक्रम व्लुडाईमण्ड सोसाईटीले एक वर्कसपको आयोजना गरी हाल सम्म भएका यौनिक तथा अल्पसंख्यक समुदायको अवस्था बारे जानकारी गराएको थियो ।

उक्त कार्यक्रममा विभिन्न यौनिक अल्पसंख्यक व्यतिmहरुका विषमा समेत चर्चा गरिएको थियो । नेपालमा अझै पनि यौनिक तथा अल्पसंख्यक व्यक्तीहरु खेलेर बाहिर आउन नसकेको कार्यक्रम प्रस्तोता गौरी नेपालीले बताईन् । विशेष गरी अफ्नो बारेमा थाहा पाएपछि  व्यक्तिले त्यही अनुसारको व्यवहार गर्दै जादाँ परिवार र समाज बाटै बाहिस्कृत हुनु परेको धेरै अनुभव र गुनासाहरु आउने क्रम अझैपनि उस्तै रहेको बताईन् ।

साथै सरकाले पनि उनीहरुको सुरक्षा र आरक्षणमा खासै चासो नदिएको कार्यक्रममा उपस्थित हरुले बताएका थिए । त्यसै गरी कार्यक्रममा उपस्थित ट्रान्स जेन्डर भुमिका श्रेष्ठले समाजमा अझै पनि जनचेतनाको स्तर विकाश नभएको बताईन् ।

यस्ता यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुको भावनाको कदर र उनीहरुलाई सम्वोधन गर्ने तरिका अपहेलित तरिकाको हुने हुदाँ ससम्मान स्वरुप बाच्न पाउने अधिकारको हनन भएको उनको जिकीर थियो ।

पछिल्लो समय व्लुडाईमण्ड सोसाइटीमा आवद्ध हुने संस्थाहरु बढ्दै गएका छन् । कार्यक्रमका संयोजक ट्रान्सजेन्डर भक्ती साह भन्छन्, व्लुडाईमण्डको स्थापना २००१ मा सुरु भयो, हाल सम्म हामी संग जोडिएका संस्थाहरु ३५ वटा छन् ।

उनी भन्छन् यहा सम्म आउन ठुलो संघर्ष गर्नुप¥र्‍यो । पहिलाको संघर्ष र अहिलेको संघर्ष अलि फरक छ । अहिले समलिङगी विवाह दर्ताको कुरा छ, परिवार बनाउन पाउनुपर्ने कुरा छ, त्यो संगै स्वतन्त्र सम्मानका साथ बाच्नपाउनुपर्ने लगाएका कुराहरु जोडिएका छन् ।

कार्यक्रममा सहभागी विभिन्न संञ्चारकर्मी र पत्रकारहरुले पनि समाजमा व्यप्त समस्यका, अधिकारका कुराहरुका विषयमा चर्चा गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->