विराटनगरमा सहभागीले गरे नाराबाजी

विराटनगर । ढिलो आएर छिटो जान खोजेको भन्दै कार्यक्रममा सहभागीले नाराबाजी गरेका छन्।

बिहीबार विराटनगरमा नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले आयोजना गरेको ३४औं स्थापना दिवसमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ढिलोगरी आएर छिटो जान खोजेपछि सहभागीहरूले नाराबाजी गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बनेका मुख्यमन्त्री कार्की सहभागीले नाराबाजी गरेपछि सम्बोधन नै नगरी हिडे ।

‘दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या र समाधानका विकल्परसम्बन्धी’ कार्यक्रमका प्रमुख अतिथि बनेका कार्की निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो पुगेका थिए । उनी पुग्दा कार्यक्रम सुरु भइसकेको थियो ।

‘दिगो विकास एवं समृद्ध नेपाल निर्माण, पशु विकासको आवश्यकता, प्रविधि र प्राविधिक जनशक्तिको सक्रियता आजको आवश्यकता’ भन्ने नारा दिएर कार्यक्रम आयोजना गरिएको थियो । तर, किसानले अराजक रुपमा प्रस्तुत भएपछि कार्यक्रम केही समय बिथोलिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->