प्राधिकरणले गर्‍यो थप १४ वटा उद्योगहरुमा विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप १४ वटा उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेको छ ।

डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत उपभोग गरेको दावी सहित छुट बिलको पत्र पठाएको प्राधिकरणले समस्या समाधानको पहल भइरहेका बेला उल्टै थप उद्योगहरुको विद्युत् लाइन काटेको हो ।

प्राधिकरणले यही पुस ६ गतेबाट लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा चारवटा उद्योग र त्यसपछि थप पाँचवटा गरी ९ वटा उद्योगको लाइन काटेको थियो जसमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका उद्योग रहेको प्राधिकरणको दावी छ ।

शुक्रबार लाइन काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको प्राधिकरणको दावी छ ।

शुक्रबार बाबा जुट मिल , निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, हिमाल आइरन एण्ड स्टील, जगदम्बा इन्टरप्राइजेज , हामा आइरन , एभरेष्ट पेपर मिल को लाइन काटिएको छ ।

यसैगरी, कसमस सिमेन्ट , शुभश्री अग्नी सिमेन्ट , जगदम्बा सिन्थेटिक, घराना फुड्स , सिद्धार्थ पेटप्लास्ट, बुटवल सिमेन्ट, नारायणी इस्पात को लाइन काटिएको छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->