अरनिको यातायातले विस्तार गर्‍यो काठमाडौँ टु विराटनगर बससेवा, २ ठाउँमा काउन्टरको शुभारम्भ

काठमाडौँ लामो समय देखि संचालनमा रहेको पुर्वअरनिको यातायातले अहिले व्यवस्थित रुपमा बसपार्क निर्माण गरी प्रदेश ३ का विभिन्न जिल्लाहरुमा बस संचालन गरी सेवा दिदैँ आएको छ । यसै क्रममा आइतवार एक पत्रकार सम्मेलन गरी यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले अहिलेको सरकारको व्यवस्था, प्रहरीको ज्यादती र स्थानियको अराजकताका कारण आफ्नो व्यवसायमा गम्भीर असर पुग्दै आएको औल्याएका थिए ।

हाल सम्म १३ जिल्लामा अरनिले बससेवा दिइरहेको छ । यसैक्रममा आईतवार सार्वजनिक यातायात अरनिले काठमाडौँ टु विराटनगरको लागि बससेवा संचालन गरेको छ । उक्त पत्रकार सम्मेलनमा अध्यक्षले जानकारी दिदैँ अव अरनिको बसको टिकट जोरपाटी र कपनमा पनि काट्न सकिने बताए । उक्त कार्यक्रममा प्रालिका अध्यक्ष क्षेत्रीले सरकार, नेपाल पुलिस, ट्राफिक प्रहरी लगाएतको कार्यशैलि निन्दनिय रहेको भन्दै आक्रोस व्यक्त गरेका थिए ।

उनले गत सोमवार घटेको घटनालाई उद्घृत गदैँ मन्त्रीको गाडी जल्दा नेपालकै होनहार युवा मर्नु पर्ने यता एक व्यक्ति जसले सकीनसकी व्यवसाय संचालन गरीरहेको छ, त्यसको गाडी स्थानियले जलाउदाँ प्रहरी रमीता हेरेर बस्छ, कुन कार्यशैलिमा प्रहरी संचालित छ ? उनले भने त्यसबेला प्रहरीले संरक्षण दिनुपर्ने होईन ? त्यस घटनामा पनि बसको कुनै गल्ती छैन मोटरसाईकल आफै ठोकिन आएको हो ।

उसको परिवारले पनि यो कुरा स्वीकार गरेको अवस्था छ, तर यता सिन्धुली प्रहरी प्रसासन निवेदन लिन मान्दैन, नेपाल सरकार फेल नै भएको अहिलेको अवस्था छ । उनले थप्दै भने, ट्राफिक प्रहरी र नेपाल पुलिस जसलाई पनि घुस नदिई कामै बन्दैन ।

गत सोमबार सोही घटनामा मोटरसाईकल चालक खोटाङ तुवाचुङ नगरपालिका २ का कुमार राई र खोटाङको दिक्तेल नगरपालिका १० की १८ वर्षी मुनाकला राईको मृत्यु भएको थियो । भने घटना लगतै मन्थली नगरपालिका १३ का फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जहाँ स्थानियहरुले गाडी जलाएर मजा लिईरहेको अडियो पनि सुन्न सकिन्छ ।

हाल अरनिको यातायातले २ हजार भन्दा बढी युवाहरुलाई रोजगारी दिईरहेको छ । भने १२ सय भन्दा बढी क्षमताको बसपार्क बाट ७ सय गाडीले दिनमा आवजावत गर्दा १० हजार यात्रु बोक्ने गरेका छन् । अरनिको यातायातले अहिले सम्म काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप ओखलढुंगा हुदैँ प्रदेश १, २ र ३ मा सेवा विस्तार गरिरहेको अवस्था छ भने विस्तारीत रुपमा २५ जिल्ला बासीलाई लामोदुरीको बससेवा दिने लक्ष्य लिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->