काठमाडौं । दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा जिम्मेवार रहेको भन्दै सरकारले केही प्रहरी अधिकारी निलम्बन गर्न खोज्दा गठबन्धन दल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको मनोबल खस्कने र कारबाही गर्न नहुने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चर्काचर्की परेको छ ।
स्रोतका अनुसार देउवाले प्रहरीलाई कारवाही गर्न नहुने अडान लिएपछि प्रधानमन्त्री प्रचण्डसमेत झोक्किँदा केहीबेर बैठक असामान्यजस्तै बनेको थियो ।
सरकारको काममा पटक–पटक हस्तक्षेप गरेको तथा घटनामा संलग्नलाई कारवाहीको दायरामा नल्याए सरकारमाथि प्रश्न उठ्ने भन्दै प्रधानमन्त्री प्रचण्डले देउवालाई कारवाही रोक्ने भए सरकार आफैँ चलाउन जवाफ फर्काए ।
प्रधानमन्त्रीले त्यसो भनिरहँदा देउवा पनि चर्किएपछि परिस्थिति असामान्य बनेको थियो ।
