टोपबहादुर रायमाझीका छोरालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ ।

उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।

भने रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । उनले इन्कारी बयान दिएको र जाहेरवालाबाट समेत रकम लिएको पुष्टि नभएको भन्दै रिजाललाई छाड्न आदेश भएको हो ।

उनका बुबा टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ ।प्रहरीले उनलाई २० वैशाखमा बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा भने दुई न्यायाधीशबीच न्यायाधीशबीच मत बाझिएको छ ।

अब तेस्रो न्यायाधीश समक्ष खाणको मुद्दा पेस गरिने उच्च अदालत पाटनले जनाएको छ ।

उच्च अदालतका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा रहेको उक्त मुद्दामा न्यायाधीश खरेलले खाडलाई धरौटीमा रिहा गर्नुपर्ने राय राखेपनि अर्का न्यायाधीश पाण्डेले असहमती जनाएपछि निर्णय हुन नसकेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->