अनूमति बिना एनसेलको शेयर बिक्री,पत्र पठाएकै दिन एनसेलले ८० प्रतिशत शेयर बेचे

आजियटा समूहलाई अनूमति बिना एनसेलको शेयर बिक्री नगर्न दूरसञ्चार प्राधिकरणले पत्र पठाएकै दिन एनसेलले ८० प्रतिशत शेयर बेचेको पाइएको छ ।

मंसिर १३ गते मलेसियाको आजियटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय सार्वजनिक गरेको थियो । आजियटाको घोषणापछि शुक्रबार मात्र दूरसञ्चार प्राधिकरणले उसलाई अनुमति लिएर मात्रै कारोबार गर्न पत्र काटेको थियो ।

तर, आजियाटा समूहले बेलायतको स्‍पेक्ट्रलाइट कम्पनीलाई एनसेलको ८० प्रतिशत शेयर बेचेको छ । स्‍पेक्ट्रलाइटले एनसेलको ८० प्रतिशत खरिद गरेको घोषणा गर्न पाउनु खुसीको कुरा भएको बताएको छ ।

स्‍पेक्ट्रलाइटसँग एनसेलको २० प्रतिशत शेयर यसअघि नै रहेको थियो । योसँगै एनसेलको स्वामित्व स्‍पेक्ट्रलाइटमा हुने भएको छ ।

आजियटा भने विभिन्न कर विवादका बीच नेपालबाट कानूनी घेराभन्दा बाहिर गएर बाहिरिन खोजेको छ । उसले नेपालको दूरसञ्चार नियमावलीलाई वेवास्ता गर्दै आफ्नो शेयर बिक्रीको घोषणा गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->