२३ जनालाई जन्मकैदको फैसला सुनाएपछि पीडित परिवारले पाय न्याय

काठमाडौं । रुकुम पश्चिमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको घटनामा संलग्न २३ जनालाई जन्मकैदको फैसला सुनाएपछि पीडित परिवारले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको लगत्तै नवराज विकको आमा उर्मिला विकले आफुहरुले न्याय पाएको महसुश गरेको बताइन् ।

नवराजकी आमा उर्मिलाले आफ्नो छोरासँग प्रेम गर्ने केटी, उनकी आमा र भाइलाई भने थोरै सजाय भएकोमा दुख व्यक्त गरेकी छन् ।

जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले मंगलबार घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।
ज्यान मुद्दामा प्रतिवादी बनाएका मृतक नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ । घटनामा संलग्न भएका आठ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->