मृत आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्च अदालतको आदेश

जनकपुरधाम । गत जेठ ७ गते आफ्नै घरमा मृत भेटीएकी आरती साहका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

आज  सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश उल्ट्याउँदै आरतीका श्रीमान मोतीबाबुलाई थुनामा पठाउने आदेश दिएको हो ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा आरती मृत फेला परेकी थिइन् । माइती पक्षले आरतीको हत्या श्रीमान र ससुराले दाइजोको निहुँमा गरेको आरोप लगाएको छ ।

अदालतको आदेशपछि पूर्वन्यायाधिवक्ता झाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैमा खुशीको खबर आरती साहको मुद्दामा लामो बहसपश्चात्त उनका पति मोतीबाबु साहलाई सम्मानित सर्वोच्च अदालतले थुनामा पठाउने आदेश गरेको छ, आरती साह मुद्दामा आंशिक सफलता । सबैमा बधाई !’

आरतीको हत्या भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरीसमेत दिएको थियो । त्यसपछि प्रहरीले आरतीका श्रीमान मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान पनि गरेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत धनुषामा जिल्ला सरकारी वकिल कार्यालयले असार १ मा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।

अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पनि पठाएको थियो । तर, उच्च अदालत जनकपुरधामको आदेशपछि आरतीका पति र ससुरा रिहा भए । त्यसपछि आरतीका आमा, बुवा र बहिनी काठमाडौं पुगेर धर्ना बसेका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->