सहसचिवमा बढुवा गर्न १५ जना उपसचिव सिफारिस

काठमाडौं । सहसचिवमा बढुवा गर्न १५ जना उपसचिव सिफारिस भएका छन् । लोकसेवा आयोगको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा समितिले सिफारिस गरेको योग्यताक्रमअनुसार क्रमशः खिमबहादुर रायमाझी, कृष्णबहादुर बस्नेत, सुवासचन्द्र सिवाकोटी, खिमबहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णुप्रसाद पौडेल, विनोद लामिछाने, रामबाबु पुरी सहसचिवमा बढुवा हुनेछन् ।

यस्तै केशवराज ढकाल, कमानसिंह खत्री, विष्णुप्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल कोइराला, पुष्कर न्यौपाने र मिमांस अधिकारी पनि सहसचिवमा बढुवा हुनेछन् ।

सहसचिवमा बढुवा हुन ५६ जनाले आवेदन दिएका थिए । उनीहरुको योग्यताक्रमसहित बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिसमा चित्त नबुझेमा ३५ दिनसम्म बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने व्यवस्था छ । यदि उजुरी नपरेमा मन्त्रिपरिषद् बैठकले १५ जनालाई बढुवा गर्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->