काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशनबाट बनेको शेखर–गगन पक्षको बैठक बसेको थियो । सो छलफलपछि पत्रकारहरुसँगको कुराकानीमा कोइरालाले गगन र आफ्नो काम गराइको तरिकामा फरक हुन सक्ने तर एजेण्डामा फरक मत नभएको बताए ।
‘एजेण्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन, उहाँको उमेर, मेरो उमेर फरक छ ।
शेखर कोइरालाले आफू पक्षको भेला मंगलबार बोलाएका थिए । तर महामन्त्री थापाले आफूसँग सल्लाह नगरी बोलाएको भन्दै सहभागी नहुने बताएका थिए । त्यसपछि संस्थापन इतर पक्षका अरु नेताहरुको पहलमा भेला एक दिन पछि सारिएको थियो ।
नेता कोइरालाले आफूहरुको यो छलफल नियमित भएको बताए ।
