एकैदिन २८ सय रुपैयाँले बढ्यो सुनको मुल्य 

नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेर घट्न थालेको सुनको मूल्य फेरि उकालो लागेको छ ।

आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २८ सयले बढेर एक लाख१८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बुधबार मात्रै मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।

आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->