समाजलाई निर्देशित गर्ने अद्भुत “जागरण-विवाह”

आज भोलि अत्यन्तै तड्किलो र भड्किलो तरीकाले विवाह भईरहेको बेला विश्व जागर अभियानका साधक राजन पाण्डे र साधिका बविता तिम्सीनाले आश्रममा आध्यात्मिक गुरुलाई साक्षी राखि विवाह गरेका छन् ।

शनिवार विश्वजागरण आश्रममा विवाह समारोह गरिएको हो । हरेक महिनाको अन्तिम शनिवार अश्रममा नवसत्सङग हुदैँ आएको छ । यहि क्रममा अद्भुत जागरण विवाह सम्पन्न भएको हो ।

पछिल्लो समय  देखावटी परम्परामा धेरै लिप्त हुदै गएको र बास्तविक सम्वन्धको महत्व नबुझी सम्वन्ध विच्छेदका क्रम बढेको गुरु आनन्द विनोद शर्माको भनाई थियो ।

उनले विवाहको सार्थकता औल्याउदैँ विवाह दुई आत्माको मिलन भएको बताए । र अहिले देशमा धेरै खर्च गरेर विवहा गर्ने परिपाटीले निम्न आय बर्गका  धेरै मानिसलाई असर गरिरहेको उनको भनाई थियो ।

हुन पनि हाम्रो समाजमा बढ्दै गएको बेरोजगारी, नेपालको अर्र्थतन्त्र आदिलाई हेर्दा अव खर्च कम गर्नुपर्ने अवस्था आईसकेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->