एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक हुँदै

काठमाडौँ  । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज सुरु हुँदैछ । यसअघि मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक आज बस्न लागेको हो ।

बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । आजको बैठकमा दुई महिने संगठन निर्माण अभियानबारे छलफल हुनेछ ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->