डा.गोविन्द केसीले ७२ घण्टापछि तोडे अनशन

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले ७२ घण्टापछि अनशन तोडेका छन् ।

गत शुक्रबार धनगढीमा अनशन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ की रेनुका चौधरी र धनगढी–१ की अञ्जली नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसी अनशन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् । डा. केसीले विभिन्न माग राखेर ७२ घण्टा अनशन बस्ने घोषणा गरेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनशन तोडेका हुन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->