जनकपुरधाम । धनुषा, सिरहा, महोत्तरीसहित तराई मधेशका जिल्लामा चिसो ह्वातै बढेको छ । अत्यधिक कुहिरो लागेको छ । हल्का हावा चलेपछि चिसो बढेर जनजीवन प्रभावित बनेको हो ।
बिहान ८ बजेसम्म पनि घाम लागेको छैन । कुहिरोले जताततै सेताम्मे देखिन्छ । १०/१५ मिटर वर पनि देख्न गाह्रो भएपछि सवारी साधन चलाउन पनि नसकिने अवस्था छ । यति धेरै कुहिरोबीच सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम छ ।
चिसो बढेसँगै जनकपुरधाम बजार क्षेत्रमा पनि सर्वसाधारणको आवतजावत पातलिएको छ । गाउँघरमा मानिसहरू आगो ९घुर० बालेर बसेका छन् । चिसोले विशेष गरी गरिब विपन्न वृद्धवृद्धा र बालबालिका बढी प्रभावित बनेका छन् ।
