मोटिभेसनल स्पिकरले कुटे नव विवाहित पत्नीलाई…

काठमाडौं । भारतका चर्चित मोटिभेसनल स्पिकर विवेक बिन्द्राले आफ्नी नव विवाहित पत्नीलाई निर्घात कुटेका छन् । बिहेको भोलिपल्टै श्रीमतीमाथि कुटपिट गरेर घाइते बनाएको विषयमा प्रहरीमा एफआइआर दर्ता भएको छ ।

विवेककी पत्नी यानिकाका भाइ वैभव क्वात्राले नोयडाको सेक्टर १२६ मा निवेदन दिएका हुन् । प्रहरीले घटनामा अनुसन्धान थालेको छ ।

विवेक र यानिकाको गत डिसेम्बर ६ मा विवाह भएको थियो । त्यसको भोलिपल्ट नोयडा सेक्टर ९४ को सुपरनोभा वेस्ट रेजिडेन्सीस्थित विवेकको घरमा डिसेम्बर ७ को बिहानै घटना भएको हो ।

सुरुमा विवेक र उनकी आमा प्रभाबीच झगडा भएको थियो । यानिकाले आमा छोरालाई छुट्याउन खोजेकी थिइन् । तर विवेकले श्रीमतीमाथि नै आक्रमण गरे ।

विवेकको आक्रमणमा परेर यानिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । एउटा भिडियो फुटेज पनि बाहिरिएको छ जसमा यानिकाको शरीरमा गहिरा चोटहरू देखिन्छन् । उनकी कान पनि नसुन्ने भएकी छन् ।

विवेक युट्युब र इन्स्टाग्राममा लाखौँ फलोअर्स भएका मोटिभेसनल स्पिकर हुन् ।

बताइएअनुसार विवेकले यानिकालाई एउटा कोठामा लगी ढोका थुनेर रामधुलाई गरेका थिए। उनले यानिकाको मोबाइल पनि फुटाइदिएको एफआइआरमा उल्लेख छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->